तपाईँ सुन्दै हुनुहुन्छः

बिपीको १०९ औँ जन्मजयन्ती वीरगञ्जमा मनाइयो

वीरगञ्ज । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा आज वीरगञ्जमा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले विविध कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालयमा बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा माल्यार्पण कार्यक्रम तथा बिपीको विचार सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टी सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापति रामनारायण कुर्मी, कोषाध्यक्ष प्रेम बहादुर थापा, पार्टी प्रवक्ता रमेश पाण्डे, क्षेत्रिय अध्यक्ष महम्मद सहाबुद्दिन, महाधिवेशन प्रतिनिधि रामरुप कुर्मी, शिवनारायण राम, जिल्ला सदस्य फजिल मिया, हिरालाल साह कानु लगायत पार्टीका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button