तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा अनन्त पूजा सम्पन्न 

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा भदौ शुक्लपक्ष अनन्त चतुर्थीका दिन मनाइने अनन्त पूजा आज सम्पन्न भएको छ । 

विशेष प्रकारले तयार परेको जनई तथा रेशमको डोराले बनाई अनन्तलाई विधिपूर्वक पण्डितले पूजा गरेर मिथिलाका हरेक व्यक्तिले पाखुरामा बाँध्ने चलन रहेको छ । अनन्तलाई पुरुषले दाहिने पाखुरा तथा महिलाले बायाँ पाखुरामा बाँध्ने चलन रहेको छ । 

विशेष मन्त्रले मन्त्रीको अनन्त पाखुरामा बाँध्नाले धारक व्यक्तिको रक्षा गर्नुका साथै घर परिवारमा सुख शान्ति तथा समृद्धि हाँसिल हुने जनविश्वास रही आएको छ । 

अनन्त पूजाका लागि जनकपुरधामको राम मन्दिरमा भक्तजनहरूको बिहानदेखि नै भिड रहेका थिए । 

यसका साथै अनन्तको पूजा गर्ने पण्डित पुरोहितको घरमा पनि भक्तजनहरूले अनन्त र प्रसाद सामाग्रीसहित पुग्ने गरेका छन् । एक पटक पाखुरामा लगाएको अनन्त वर्ष भरि लगाउने गरेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button