राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्नेमा जोड दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित किताब जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्रत्येक नागरिक राज्यप्रति जिम्मेवार र समर्पित हुनुपर्ने बताउनुभयो ।
अनुशासित र संस्कारयुक्त नागरिक हुनका लागि पठन संस्कृतिको विकास आवश्यक भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले अध्ययनबाटै सत्य तथ्यको पहिचान गर्ने क्षमताको विकास हुन बताउनुभयो ।
उहाँले नयाँ नयाँ पुस्तकहरूको अध्ययनबाट क्षमतावान् नागरिकहरू उत्पादन हुन सक्ने र त्यस्ता नागरिक नै राष्ट्रको समृद्धिका जग हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्