मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन चुनावी तालमेल : मन्त्री चौधरी

नेपालगञ्ज । सहरी विकास मन्त्री मेटमणि चौधरीले स्थिर सरकार बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति बनेको बताउनुभएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मा आज सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास गर्दै मन्त्री चौधरीले कार्यदलले सिट बाँडफाँडमा गम्भीर छलफल गरिरहेकाले एक दुई दिनभित्रै नतिजा देखिने बताउनुभयो ।
त्यस क्रममा मन्त्री चौधरीले उक्त अस्पतालको भवन निर्माणमा लाग्ने सम्पूर्ण बजेटको व्यवस्थापन सहरी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

भेरी अस्पतालको निर्माणाधीन भवन निरीक्षण
सहरी विकास मन्त्री मेटमणि चौधरीले आजै नेपालगञ्जस्थित भेरी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ ।
निर्माणाधीन भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औँला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिनुभएको छ । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा। बद्री चापागाईँले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे अवगत गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्