सल्यानमा माओवादीबाट प्रतिनिधिसभामा दुई जनाको नाम सिफारिस

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सल्यानले प्रतिनिधिसभा सदस्यका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।
माओवादीको जिल्ला समन्वय समिति सल्यानको चौथो पूर्ण बैठकले प्रतिनिधिसभाका लागि टेक बहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस गरेको हो ।
बस्नेत तीन पटक निर्वाचित भइसक्नुभएको छ भने एक पटक सामान्य प्रशासन मन्त्री समेत भइसक्नुभएको छ ।
यस्तै, मल्ल प्रचण्डका स्वकीय सचिव रहँदै आउनुभएको छ । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गर्नु भएका मल्ल अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत भइसक्नुभएको छ ।
यस्तै बैठकले प्रदेशसभा सदस्य पदका लागि प्रदेश सभा (क) मा भीम प्रकाश शर्मा र प्रदेश सभा (ख) मा चित्र बहादुर केसीलाई एकल सिफारिस गरेको जिल्ला समन्वय समिति सल्यानका सचिव निम बहादुर केसीले जानकारी दिनुभयो । जिल्लाका १० वटै पालिकाको सुझाव अनुसार निर्णय गरिएको उहाँको भनाई छ ।
शर्मा सल्यानका कम्युनिष्ट पार्टी निर्माणका संस्थापक सदस्य हुनुहुन्छ । पत्रकारिताको समेत अनुभव संगाल्नुभएका शर्मा निरन्तर पार्टी सञ्चालनमा लागि रहनुभएको छ ।
यस्तै, बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकमा कमल वि.क, दिलमाया बुढामगर गिरी, र रत्न बहादुर वलीलाई सिफारिस गरेको छ ।
प्रदेश सभा क को समानुपातिकमा कल्पना पुन, टिका बुढाथोकी, तिलक कुमार वि.क र धर्मे बुढाथोकी, प्रदेश सभा ख मा नविनसिहं भडेल, मञ्जु यरी, राधा शर्मा घर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्