अनलाइन मार्फत सेवा विस्तार गर्दै धनपालथान गाउँपालिका
विराटनगर। सबै प्रकारका सेवा सहज तथा चुस्त बनाउन मोरङको धनपालथान गाउँपालिकाले अनलाइन मार्फत सेवा विस्तार गर्न थालेको छ । पालिकाले शिक्षा स्वास्थ्य तथा पालिकाबाट प्रदान गर्ने सबै प्रकारका सेवालाई अनलाइन मार्फत विस्तागर्न लागेको हो ।
त्यस क्रममा अनलाइन मार्फत कार्य संचालनगर्ने उद्देश्यले पालिकाले स्टोर मौज्दात इएलएमटिएस सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
पालिकाका स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दे तिन दिनसम्म सञ्चालन भएको तालिममा १० जना स्वास्थ्यकर्मीको सहभागिता थियो । धनपालथान गाउँपालिकाको आयोजनामा भएको तालिममा प्रशिक्षक हरुले अनलाइन सेवाबाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तालिममा सहभागीहरूलाई जानकारी गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले स्वास्थ्यकर्मीको दक्षता अभियवृद्धिगर्न तथा पालिकाले प्रदान गर्ने सबै प्रकारका सेवा सहज बनाउन अनलाइन मार्फत सेवा प्रदान गर्न लागेको बत्ताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले सुशासन तथा सेवालाई गुणस्तर र पारदर्सी वनाउनपनि अनलाइन सेवा आवश्यक रहेको बत्ताउनुभयो । पालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरूमा सेवा लिन आउने बिरामीलाई ९२ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ । जस्का कारण अतिविपन्न, गरिब समुदायलाई राहत पुगेको छ ।
पालिकाले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वारुप ६ हजार तथा छोरा जन्माउने आमालाई दुई हजार रुपैयाँ दिँदै आएको छ । त्यस्तै पालिकाले एम्बुलेन्स सेवा तथा आवश्यक पर्दा रगत समेत निःशुल्क उपलब्ध गराउँदै आएको स्वास्थ्य प्रमुख ऋषिराज सेठको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्