तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

नेपालगञ्ज ।  जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई  सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ।

नरैनापुर गाउँपालिकाले हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरिदिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको हो ।

समितिले पर्याप्त सिँचाइ, वैकल्पिक बाली प्रबन्ध तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसअघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोशेबालीको खेती गर्न सुझाव समेत दिएको थियो। नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई यसअघि सुख्खा क्षेत्र घोषणा गरिसकेको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button