ब्राउन सुगरसहित चार जना पक्राउ
झापा । झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

सोमबार अपराह्न मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार लेटाङ नगरपालिका–४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्णप्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनहिरुकै बयानका आधारमा प्रहरीले मेचीनगर नगरपालिका–७ का २१ वर्षीय रोहित मण्डललाई समेत पक्राउ गरेको थियो ।
यसैगरी, प्रहरीले दमक नगरपालिका–२ खरखरेबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका दमक–२ का ४१ वर्षीय भीमबहादुर खत्रीलाई पनि ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्