तपाईँ सुन्दै हुनुहुन्छः

गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरुङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ ।

file photo

गृहमन्त्री खाणले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।

भिएसएफमा बायोमेट्रिक्सका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको बताइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button