तपाईँ सुन्दै हुनुहुन्छः

बाह्र हजार बढी बालबालिकाले फाइजर खोप लगाए

सोलुखुम्बु। सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाका आठ स्थानीय तहका १२ हजार १३२ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खोप प्राप्त गर्ने बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका तीन हजार १९४, थुलुङ दूधकोशी गाउँपालिकाका दुई हजार १९४, नेचासल्यानका एक हजार १२० र सोताङका एक हजार १९२ जना छन् ।

त्यस्तै, महाकुलुङ गाउँपालिकाका एक हजार ४२०, माप्यदूधकोशी गाउँपालिकाका एक हजार ४७५, खुम्बु पासाङ ल्हामुका एक हजार ४० र लिखुपिकेका ४९७ जना बालबालिकाले खोप पाएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।

कोरोना सङ्क्रमणदारलाई मध्यनजर गर्दै जिल्लामा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले बताउनुभयो । अब दोस्रो मात्राको खोप असोजबाट सुरु गरेर दशैँ अगावै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाइ छ ।

जिल्लामा ५ देखि ११ वर्षसम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button