तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री यादव पर्सा क्षेत्र नम्बर १ बाट सिफारिस

वीरगंज । जनता समाजवादी पार्टी पर्साले क्षेत्र नम्बर १ को संघीय उम्मेदवारमा वन तथा वातावरणमन्त्री प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । 

वीरगञ्जमा सम्पन्न जसपा पर्साको क्षेत्रीय भेलाले सर्वसम्मत रुपमा मन्त्री यादवको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो । 

यादव गएको २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रको उम्मेदवार बन्दै नेपाली काँग्रेसका अनिल रुङ्गटा र संविधानसभा सदस्य तथा नेकपा एमालेका विचारी यादवलाई ठूलो मतान्तरले यादवले पराजित गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button