तपाईँ सुन्दै हुनुहुन्छः

महँगी र डेँङ्गु नियन्त्रणका लागि सरकारलाई सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ ।

सांसदहरुले मुलुकका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गर्नुभएको हो । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो ।

बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गर्नुभयो । 

सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा सांसद विमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गर्नुभयो । सांसद डा.विन्दा पाण्डेले विश्वविद्यालयहरूको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायाको व्यवस्थापन गर्न माग गर्नुभयो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button