राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामाको घोषणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङ्देनले निर्वाचनको घोषणा भइसकेकाले संसद्मा उपस्थित भइरहन अप्ठ्यारो लागेको भन्दे सांसद पदबाट अलग हुने निर्णय लिएको बताउनुभयो ।
उहाँले आफूले सांसदका रुपमा प्राप्त गर्ने तलब भत्ता र सुविधा आजैबाट नपठाउन समेत आग्रह गर्नुभयो ।
सांसद लिङ्देनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मङ्सिर ४ गतेपछि पनि संसद् रहिरहने निर्णय हुने विषयले आफूलाई असाध्यै लज्जित र दुखित बनाएको बताउनुभयो ।
उहाँले पार्टीको एक्लो सांसद भएपनि आगामी निर्वाचनमा बलियो पार्टीका रुपमा उपस्थित हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्