जनकपुरधामको सडक तथा फुटपाथमा नगर प्रहरीको कडाई

जनकपुरधाम । जनकपुरधामको खाली गरेको फुटपाथमा पुनः पसल थाप्न खोज्नेलाई नगर प्रहरीले सम्झाई बुझाई खाली गरेका छ ।
जनकपुरधामको रामानन्द चौक देखि जानकी मन्दिर, पेठीया बजार देखि महावीर चोक, जानकी मन्दिर देखि रामचौक तथा जनक चौक क्षेत्रको फुटपाथ खाली गराएपनि बीच बीचमा पसल बढाउन खोज्दा नगर प्रहरीले कडाई गरेर सम्झाई बुझाई सामानहरू हटाउने गरेको छ ।
भानु चोकदेखि जनक चौकसम्मको दुई तर्फी फुटपाथमा दुकानको सामानहरू फुटपाथमा राखेर व्यापार गर्न गर्न खोज्दा नगर प्रहरीले सामानहरू हटाएर आज पुनः खाली गराएको हो ।
जनकपुरधामका व्यापारीहरूले पसलका सामानहरू फुटपाथ छेकिने गरि बाहिर राख्ने गरेपछि बाहिरबाट आउने पर्यटक तथा स्थानीय पैदलयात्रीलाई फुटपाथ प्रयोग गर्नमा कठिनाइ भएपछि नगरपालिकाले नगर भरिको फुटपाथ खाली गरेपछि जनकपुरधामको सरसफाईमा पनि व्यापक सुधार भएको छ ।
फुटपाथमा पसल राखेका कतिपय व्यापारीहरूले ठेलागाडामा पनि पसल राखेर सडक नै जाम गरेपछि नगर क्षेत्रमा ट्राफिक समस्या बढी मात्रामा हुने गरेका थिए । नगरप्रमुख मनोज कुमार साहको आदेशमा अहिले सडक तथा पेटी खाली भएपछि ट्राफिक समस्या व्यापक मात्रामा समाधान भएको छ ।
प्रतिक्रिया राख्नुहोस्