बारामा डकैत समूह र प्रहरीबीच झडप हुँदा प्रहरी सहित दुई घाइते

बारा । बारामा डकैती गर्न आएका डकैत समूह र प्रहरीबीच झडप हुँदा प्रहरी सहित दुई घाइते भएका छन् ।
गएराती करिब १२ बजेको समयमा जीतपुरसिमरा वडा नं.२३ मा रहेको एरोटेक प्रालिमा चोरी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये एक जना घाइतेको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको छ ।
रड प्रहारबाट इलाका प्रहरी कार्यालय, जीतपुरका वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको वीरगंजस्थित नेशनल हेल्थ केयरमा उपचार भइरहेको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोली चलाएको थियो । डकैतीमा संलग्न व्यक्तिको साथबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्