तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय योगदान: गृहमन्त्री खाण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ । उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुई तले भवन तथा प्रयोगशालाको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको विकासका लागि भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउनुभयो।

भारत सरकारको अनुदानमा निर्मित दुई तले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button