तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनदेखि सुत्केरी बेथाले छटपटाएकी एक महिलाको हेलिकप्टरबाट उद्धार

जाजरकोट  । जाजरकोटको नलगाड नगरपालिका- ८ लुपानाकी २७ बर्षीया लक्ष्मी ओलीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

चार दिनदेखि सुत्केरी बेथाले छटपटाएकी लक्ष्मीको दल्लीमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो । 

पेटमा दुई वटा बच्चा रहेको र एकको श्वासप्रश्वास नचलेको र आमाको स्वास्थ्य अवस्था पनि जटिल बन्दै गएपछि नलगाड ४ का वडा अध्यक्ष बद्री पन्तको पहलमा उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो । 

राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि सुर्खेत लगिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button