मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफल भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा भाग लिनुहुँदै सांसदहरुले आमसञ्चार जगतलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक आवश्यक रहेको भन्नुहुँदै विधेयकका केही बुँदाहरू संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

जवाफमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्नुहुँदै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी मुलुकका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले सञ्चार जगतलाई व्यवस्थित गर्न विधेयक ल्याइएको भन्नुहुँदै संसदबाट चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार दिउँसो २ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्