तपाईँ सुन्दै हुनुहुन्छः

ग्राण्डीको अध्यक्षमा पुनः कुँवर

काठमाडौँ ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इन्जिनियर दीपक कुँवर पुनः निर्वाचित हुनुभएको छ ।

ग्राण्डी अस्पतालको १० औँ साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इन्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुनुहुन्छ ।

यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इन्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button