तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक बस्दै : नागरिकता विधेयकमाथि छलफल हुने

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल हुने छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

त्यसअघि आजै उक्त विधेयकबारे विधायन व्यवस्थापन समितिको प्रतिवेदनबारे छलफल जारी रहनेछ। यस विषयमा सांसदले विचार राख्ने क्रम बिहीबार नसकिएकाले आज पनि छलफल जारी रहने भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button