तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको क्षेत्र नं‍ ५ बाट काँग्रेस नेतृ आरजु राणा नाम सिफारिस 

फाइल तस्बिर

धनगढी । नेपाली काँग्रेसले कैलालीको निर्वाचन क्षेत्र नं‍ ५ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि नेतृ आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनु भएका उहाँलाई प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको काँग्रेस कैलालीका सचिव नृप सुनारले बताउनुभयो । उहाँ २०७४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनु भएको थियो । त्यस निर्वाचनमा उहाँ तत्कालीन एमाले–माओवादी गठबन्धनका उम्मेदवार नारदमुनि राणासँग  पराजित हुनु भएको थियो ।

यसैगरी समानुपातिक तर्फ केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र, प्रदेश महामन्त्री नरनारायण शाह, राज्यमन्त्री टेकबहादुर रैकाको नाम सिफारिस भएको सचिव सुनारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button