कैलालीमा डेंगु रोग संक्रमित एक महिलाको मृत्यु
धनगढी । कैलालीमा डेंगु रोग संक्रमित एक महिलाको मृत्यु भएको छ भने २५ जनामा डेंगुको संक्रमण देखिएको छ । धनगढी उपमहानगरपालिका १२ कि डेंगु संक्रमित ३० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । निसर्ग अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको बताइएको छ ।
उनीमा डेंगु रोगको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयमा प्रमुख लालबहादुर धामीले बताउनुभयो । यस्तै लम्कीचुहा नगरपालिकामा पछिल्लो समय २५ जनामा डेंगुको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । कीट अभावमा परीक्षण गर्न समस्या भइरहेको र त्यसका माथिल्लो निकायमा पत्राचार गरिएको धामीको भनाई छ । कैलालीमा डेंगुको संक्रमण बढ्दै गएकाले त्यसबाट बच्नका लागी सचेतना अभियान चलाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुबाट बच्नका लागि झुलको प्रयोग गर्ने, घर वरपर सफा सुग्घर राख्ने, लामखुट्टेको टोकाईबाट बच्ने जस्ता उपाय अवलम्बन गर्न स्वास्थ्यकर्मीको सुझाव छ । डेंगु रोगका बिरामीमा ज्वरो आउने, टाउको, मांसपेशी दुख्ने लगायतका लक्षण देखिन्छन् । डेंगु रोग मङ्सिर सम्म पनि फेला पर्ने गरेको बताइन्छ।
प्रतिक्रिया राख्नुहोस्