तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ।पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रूपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । साथै बैठक आज बिहान ११ बजे पुनः बस्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसअघि बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button