कांग्रेस महामन्त्री थापालाई कास्कीबाट उम्मेदवार बनाउन प्रस्ताव
कास्की । कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ । कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो ।

समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन हाल्नुभएको हो ।
कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परेको छ । ६ जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाएको जानकारी कांग्रेस कास्की १ का सचिव सरोज केसीले दिनुभयो ।
जिल्ला सचिव ढकालले स्थानीय नेता कार्यकर्ताको चाहना अनुसार महामन्त्री थापालाई कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बनाउन आवेदन हालिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्