तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र माओवादी शीर्ष नेताहरूबिच छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’लाई लिएर अनावश्यक राजनीतिकरण गरिनु दुःखद् भएको बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले जन्मसिद्ध नागरिकका सन्तति नागरिकताविहीन बन्ने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको प्रष्ट पार्नुभयो ।

छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार नै विधेयक आएको बताउनुभएको अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

छलफलमा अध्यक्ष ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button