सिन्धुपाल्चोकमा ढुङ्गाले लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी शिव बुढाथोकीले जानकारी दिनुभयो ।
तीज मनाउन मामाघर मुलाबारी आएका थामी आज दिउँसो आमा र बहिनीसहित आफ्नो घर पिस्कर माझटोल फर्कने क्रममा पहिरो खस्दा ढुङ्गाले लागेर मृत्यु भएको हो । मृतक अमितको आमा र बहिनी भने सकुशल रहेका छन् ।
सो खोलामा पुल नहुँदा यसअघि केही स्थानीयलाई खोलाले बगाएर ज्यान लिएको स्थानीयको भनाई छ ।
मुलावारीबाट पिस्करमा अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई खेतीपाती गर्न आवतजावत गर्न सो खोला र खसिरहेको पहिरोले जोखिम बनाइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्