कर्णालीमा समानुपातिकतर्फ ४९ दलले भाग लिने
सुर्खेत । आगामी मङ्सिर ४ मा हुने प्रदेशसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ कर्णालीबाट ४९ दलले भाग लिने भएका छन् ।
निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा सो सङ्ख्यामा दलले निवेदन दिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई (भदौ १५) आज आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी गरेको छ ।
प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ कर्णालीबाट ४९, प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन् ।
त्यस्तै, बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्