तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु

काठमाडौँ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको  छ । उहाँसँग समितिले बयान लिन सुरु गरेको छ । 

उक्त समितिको  यही भदौ ८ गतेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।

 

उक्त निर्णयअनुसार राणा आज समितिमा आउनुभएको हो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो । 

संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरुद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो। 

उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई उहाँमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button