झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
भद्रपुर, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– १ निवासी ८० वर्षीय देवीबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस दाउरा टिप्न गएको बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी वसन्त पाठकले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्