तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज (बुधबार) बयान लिँदै छ ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएकाे हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निणर्य गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button