खेरसोनमा रुसी सेनाको पहिलो पङ्क्तिलाई निस्तेज गरेको युक्रेनी सेनाको दाबी
काठमाडौं । युक्रेनी सेनाले आफ्नो दक्षिणी क्षेत्र खेरसोन कब्जामा राखिरहन रुसले परिचालन गरेको सेनाको पहिलो पङ्क्तिलाई निस्तेज गर्दै अधि बढेको दाबी गरेको छ ।
युक्रेन आफ्नो दक्षिणी क्षेत्रलाई रुसी नियन्त्रणबाट मुक्त गर्न पछिल्लो पटक आक्रामक भएर आएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
युक्रेनले रुसी सेनाको बाक्लो उपस्थिति रहेको पूर्वी क्षेत्रबाट दक्षिणी क्षेत्रलाई तोडेर त्यहाँ सैन्य कारबाही बढाएको बिबिसीले जनाएको छ ।
रुसले खेरसोनमा भएको आक्रमणमा युक्रेनी सेनाले ठुलो क्षति व्यहोरेको दाबी गरेको छ ।
युक्रेनको दक्षिणी क्षेत्र खेरसोनको ठुलो भूभाग गत फेब्रुअरी देखी रुसको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्