विकास, सुशासन र पारदर्शिताको आन्दोलनमा समस्त महिलाको साथ आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
स्वदेश तथा विदेशमा रहनु भएका नेपालीलाई सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै ओलीले सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्ने बताउनुभएको छ ।
ओलीले पर्वका नाउँमा भित्रिरहेको सामाजिक विकृतिलाई सबै मिलेर अन्त्य गर्न आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
सन्देशमा आलीले नेकपा (एमाले) राष्ट्रका अभिभारा पूरा गर्न स्पष्ट नीतिका साथ अघि बढेको बताउनुहुँदै समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्ने गन्तव्यमा पुग्न एमालेले तय गरेको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।
ओलीले सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन समस्त महिला दिदीबहिनीहरूको बलियो साथ रहने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्