तपाईँ सुन्दै हुनुहुन्छः

‘गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

file photo

उहाँले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भन्नुभयो । उहाँले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा गर्नुभयो ।

विचार र कामबाट काँग्रेसलाई अझै सुदृढ बनाउँदै यसमा रहेका कमी कमजोरी सुधारेर निर्वाचनमा पार्टीलाई लैजानुपर्ने उहाँको भनाइ थियो ।

नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने छ भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरू मुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button