स्रोत नखुलेको २४ लाख ५० हजारसहित एक जना पक्राऊ
भैरहवा । रुपन्देहीको सिद्धार्थ नगर नगरपालिका १ मा अवैध रकम २४ लाख ५० हजार फेला पारी प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय पठाएको छ ।
यही भदौ १२ गते अन्दाजी १६ः३० बजेको समयमा बुटवल उप महानगरपालिका ८ सुख्खा नगर बस्ने बर्ष २८ का सन्दिप शाक्यले अवैध रकम ओसारपसार गरेको फेला पारी निजले बोकेको कालो रङको झोलाबाट स्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रुपैयाँ बरामद गरी आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।
स्रोत नखुलेको रकम अवैध रुपमा ओसार पसार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्