तपाईँ सुन्दै हुनुहुन्छः

एएफसीद्वारा एन्फालाई जरिवाना

काठमाडौँ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ ।

कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको २ आचारसंहिता उलङ्घन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण जरिवाना गरिएको जनाएको छ ।

कुवेत र जोर्डनविरुद्धको खेलमा पहेँलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए । त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ । एएफसीले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ ।

एएफसीले यस घटनालाई पुनः दोहोराएमा एन्फालाई कडा सजाय दिइनेबारे एन्फालाई सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button