पाँच वटा सहकारी एकआपसमा गाभिने
काठमाडौँ । बैक तथा बीमा कम्पनीहरूलाई एक आपसमा गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गरेसँगै काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँच वटा सहकारीहरू पनि एकआपसमा गाभिने भएका छन् ।
काठमाडौँमा कार्यक्षेत्र रहेको आइडल यमुना बहूद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहूद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको छ ।
गाभिएपछि बन्ने संस्थाको कारोबार झण्डै नौ अर्ब पुग्ने भएको छ भने बचत चार अर्ब ६३ करोड ७० लाख हुनेछ । त्यसै गरी ऋण तथा लगानी चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार र कुल सम्पत्ति सात अर्ब ५८ करोड एक लाख ७५ हजार पुग्ने जनाइएको छ ।
गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।
पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयर पुँजी ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएको छ । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्