तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्दै 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । 

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय(परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष  र महासचिवहरू  र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहनुभएको छ । 

आजको बैठकमा आगामी निर्वाचनको तयारीका विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button