पहिचान विनाको प्रदेशको नाम मान्य हुन्न: मुख्यमन्त्री राई
झापा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उहाँले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताउनुभयो ।
राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उहाँले अब सबै नागरिकलाई समान रुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
रासस
प्रतिक्रिया राख्नुहोस्