तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीमा पाँचौँ श्री गणेश चतुर्थी महोत्सव हुने

सुनसरी । सुनसरीको दुहबीमा पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।

दुहबी नगरपालिका वडा नं. ५ स्थित श्री गणेश पूजा समिति दुहबीको आयोजनामा यही २०७९ साल भदौ १५ गते देखि १७ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुने भएको हो ।   

शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश चतुर्थी महोत्सव पूजा आयोजक समितिका रञ्जित गोश्वामीले जानकारी दिएका छन् ।

दुहबी नगरपालिका वडा नं. ५ मा पाँच वर्ष मनाउँदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पूजा समिति दुहबीका समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

गणेश पूजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले यही भाद्र १५ गते बुधवारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने बताउनुभयो । 

मुन्धडाले सो महोत्सवमा आकर्षकको रुपमा ६१ केजीको लड्डु र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याति प्राप्त कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने बताउनुभएको छ ।  

महोत्सवमा आयोजकले ५ देखि १० हजार भक्तजनहरू सहभागी हुने अनुमान गरेको र  उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि राकेश मुन्दडा, मोनु कुमार साह, रितेश साह, रञ्जित गोस्वामी लगायत १०० देखि १५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने बताए ।

उक्त श्री गणेश चतुर्थी महोत्सव भाद्र १६ गते शुक्रवारका दिन दुहबी नगर परिक्रमा गरेर दुहबीको बुढी खोलामा मूर्ति विसर्जन हुने आयोजकले जनाएको छ । 

आज भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहबी, सशस्त्र प्रहरी बल दुहबी, ट्राफिक प्रहरी पोष्ट दुहबी, दुहबी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहबी नगरपालिका वडा नं. ५ का निर्वाचित जनप्रतिनिधि शम्भु विश्वास, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button