४ सय ४४ कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज ४ सय ४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ४ हजार ९ सय ५४ परीक्षणमध्ये ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार १ सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ३ सय ७ जना घर फर्किएका छन् । आजै कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ । ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।
सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा ४ हजार २६, संस्थागत आइसोलेशनमा १ सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५ हजार ५ सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । रासस
प्रतिक्रिया राख्नुहोस्