पर्सामा नागरिकता प्रतिलिपिका लागि बिहान ७ बजेदेखि १० बजेसम्म सेवा प्रवाह

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १० गतेदेखि १६ गतेसम्म नागरिकताको प्रतिलिपि बिहान ७ बजेदेखि १० बजेसम्म उपलब्ध गराउने भएको छ ।
विगत केही दिन यता जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएको र समयमै प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएपछि प्रतिलिपि नागरिकतालाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयमा भदौ ९ गतेसम्म अनुसूची फारम पेश गरेका तर प्रतिलिपि नागरिकता प्राप्त नगरेका सेवाग्राहीहरूले आफ्नो प्रतिलिपिको नागरिकताको लागि भदौ १० गते देखि १६ गतेसम्म सार्वजनिक बिदा बाहेक बिहान ७ बजेदेखि १० बजेसम्म सेवा प्रवाहको व्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्