तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र केन्या बीचको क्रिकेट सिरिज सुरु

काठमाडौँ । नेपाल र केन्याबीचको क्रिकेट सिरिज आजबाट केन्याको नैरोबीमा सुरु भएको छ ।

अहिले नेपाल र केन्याबीच को पहिलो टी–२० अन्तराष्ट्रिय खेल भइरहेको छ । नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु भएको खेल अहिले जारी रहेको छ । केन्यामा नेपालले ५ वटा टी–२० र तीन एक दिवसीय खेल खल्ने छ । 

नेपालका लागि यो सिरिज टी–२० वरीयता सुधार गर्नका लागि महत्त्वपूर्ण हुनेछ ।नेपाल र केन्याबीच नौ वर्षपछि पहिले पटक खेल भइरहेको हो ।

नेपाल र केन्याबीचको खेल एक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button