तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटव्युरो बैठक : केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो बैठकले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत हुने एजेण्डा पारित गरेको छ ।   

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभयो । 

प्रतिवेदनमाथि १५ जना पोलिटव्युरो सदस्यहरुले राय सुझाव पेस गर्नुभएको एमाले केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button