तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री शौचालय हस्तान्तरण

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय भवन हस्तान्तरण गरिएको छ । 

हरिपुर्वा नगरपालिका वडा नं. ३ धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयलाई राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाहीले बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय भवन हस्तान्तरण गरेको हो ।

अष्ट्रेलियन एड, ह्यान्डी क्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्ल्ड एजुकेशन, वर्ल्ड भिजनको समन्वय तथा सहयोगमा विद्यालयलाई पक्की शौचालय हस्तान्तरण गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ । 

विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय भवन १३ लाख ७४ हजार, २१ रुपैयाँको लागतमा २०७८ फागुन ३  गतेदेखि निर्माण कार्य सुरु भई २०७९असार १६ गते निर्माण सम्पन्न भएपछि शौचालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षक संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

यसअघि पनि राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले सर्लाहीको चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा करोडौँको लगानीमा पक्की विद्यालय भवन तथा शौचालय विभिन्न विद्यालयलाई हस्तान्तरण गरिसकेको संरक्षण संयोजक साहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button