विकास र समृद्धि नै आफ्नो लक्ष्य: वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने बताउनुभएको छ ।
तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको र त्यसका लागि आफू क्रियाशील रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्