तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन: सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

काठमाडौँ । सत्तारुढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई दिने निर्णय गरेको छ।

file photo

बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई दिने निर्णय गरेको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सञ्चारकर्मीहरू सँगको कुराकानीमा उहाँले शीर्ष तहका नेताहरूलाई कार्यदलले हालसम्म गरेको कार्य विवरण बुझाइएको बताउनुभयो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका लागि सिट बाँडफाँट लगायतका कार्य छिट्टै सम्पन्न गर्न निर्देशन भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button