तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विभागद्वारा निर्मित राना थारु सङ्ग्रहालय हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १ भकुन्डामा पर्यटन विभागको लगानीमा निर्मित राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण भएको राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको हो । मूल्य अभिवृद्धि करसहित कुल ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको राना थारु सङ्ग्रहालयलाई पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मालाई नगरपालिकाले संरक्षण र उपयोग गर्ने गरी हस्तान्तरण गर्नुभएको हो ।

पर्यटन विभागका सिडिई सचेन्द्र कुमार यादव र नेपाल राना थारु संस्कृति संरक्षण समितिका अध्यक्ष बिसराम रानाको रोहवरमा विभागले पुनर्वास नगरपालिकालाई उक्त सङ्ग्रहालय भवन जिम्मा लगाएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि राना थारु समुदायको आस्थाको धरोहरका रूपमा रहेको राना थारु सङ्ग्रहालयमा घेर पर्खाल सहित आरसिसीयुक्त संरचनाले एक तले ६ ओटा भवन निर्माण गरिएका छन् ।

नेपाल राना थारु संस्कृति संरक्षण समितिका अध्यक्ष बिसराम रानाले सङ्ग्रहालयमा राना थारु समुदायको पुराना पुस्ताले प्रयोग गर्ने लोपोन्मुख सामग्रीदेखि अहिलेको नयाँ पुस्तासम्मले प्रयोग गर्ने सामग्रीहरू राखिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button