तपाईँ सुन्दै हुनुहुन्छः

अवैध बालुवा, गिट्टी उत्खननमा संलग्न ६ ट्याक्टर प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ कमला खोलामा मापदण्ड विपरीत अवैध रूपमा बालुवा गिट्टी उत्खननमा संलग्न ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको अधारमा धनुषाको चिसापानी प्रहरी चौकीबाट खटेको टोलीले ज.१ त. ८५०५, स.१ त. ७६३७, प्रदेश २–०२–००१ त. १५३६, प्रदेश २–०२–००३ त. ४४४१, प्रदेश २–०३–००१ त. १३५६ र प्रदेश २–०१–००१ त. ०४६४ नं. को ट्याक्टरहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका सवारी साधन कारबाहीको लागी गणेशमान चारनाथ नगरपालिकाको कार्यालयमा पठाउँदा प्रति ट्याक्टर पाँच हजारको दरले जरिवाना तिराई नगरपालिकाले पहिलो पटक छाडेको प्रहरीले जनाएको छ ।

खास गरेर साउन, भदौ तथा असोजमा नदी तथा खेलाबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन् गर्न नपाइने भएकाले तिनीहरूलाई एक पटकका लागि सो रकम जरिवाना गरेर छाडिएको गणेशमान चारनाथ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button