तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई चाँडोभन्दा चाँडो समृद्धिको दिशामा अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै लोकतन्त्रको माध्यमद्वारा मुलुकलाई चाँडोभन्दा चाँडो समृद्धिको दिशामा अग्रसर गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । 

१६औँ राष्ट्रिय सूूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले लोकतन्त्रको विकासका लागि सूचनाको हक आवश्यक रहेको बताउनुभयो ।  

जिम्मेवार सरकारको अनुभूति दिई सुशासन कायम गर्नका लागि सूचनाको हक प्रमुख आधार स्तम्भका रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले सूचनाको हक सही ढंगले कार्यान्वयन भएको छ कि छैन भनेर  समीक्षा गरी  प्रभवकारी बनाइने   जानकारी गराउनुभयो । 

कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायको सूचना पाउने प्रत्येक नागरिकको हक कार्यान्वयनका लागि आयोग क्रियाशील रहेको बताउनुभयो । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागरिकको करबाट सञ्चालन हुने निकायको सूचना सबै नागरिकले सहज रुपमा पाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्व सूचना आयुक्त श्री आचार्यलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button