तपाईँ सुन्दै हुनुहुन्छः

फेरि सर्‍यो माओवादी बैठक, भोलि बिहान बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक फेरि सरेको छ । 

पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button